सोसल मिडिया
युनिकोड
नेकपा (एमाले)का सांसद क्षितिज थेबेले युवाहरूलाई रोजगारी दिने गरी बजेटमा उल्लेख नगरिएको टिप्पणी गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा उनले युवाहरूले बेरोजगारीको पीडा अन्त्य हुन्छ भन्ने आशा राखेकोमा त्यस्तो हुन नसकेको बताए ।
“धेरै युवाहरूले आश गरेका थिए, रोजगारीको वर्षा हुन्छ । बेरोजगारीको पीडा अन्त्य हुन्छ । गरिबका दुःखका दिन गए । देशको अर्थतन्त्रले साच्चिकै फड्को मार्छ,” उनले भने ।
मन्त्रालयगत बजेटको कुनै पनि पानामा युवा संशाधनलाई उत्पादनशील बनाउन कुरा नभेटिएको उनको भनाइ छ । “कहाँ कुन ठाउँमा कसरी रोजगारी सिर्जना हुन्छ ? कुन क्षेत्रमा हुन्छ ? कसरी हुन्छ ? न त रोजगारी न त उद्यमी,” उनले भने ।
उनले ताप्लेजुङमा कुल उत्पादनको ४४ प्रतिशत अलैँची उत्पादन गर्ने भन्दै त्यसका लागि तीनवटा काम गर्न माग गरे । अन्तर्राष्ट्रिय बजार समन्वय, समर्थन मूल्य र कृषि बीमाको माग राखे ।