मगर समुदायले धुमधामले मनाए भूमे पर्व 

सोमबार, असार १, २०८३

मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो भूमे पूजा । सोही अवसरमा भूमे पर्व संरक्षण समितिले आजदेखि तीन दिनसम्म राजधानीको खुल्लामञ्च भूमे पूजा पर्व आयोजना गरेको छ ।

वर्षायामको सुरुवातसँगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भनेर भूमिको पूजा गर्ने चलनस्वरूप भूमे पूजा गर्ने गरिन्छ ।

पृथ्वीमा कुनै पनि प्रलय नआउने जनविश्वासका कारण भूमे पूजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ । प्राकृतिक तथा दैवी प्रकोप रोक्नको लागि भूमे पर्वको महत्त्व रहेको छ ।

प्रकाशित मिति: सोमबार, असार १, २०८३  १४:५०
प्रतिक्रिया दिनुहोस्