सोसल मिडिया
युनिकोड
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा उनले दिएको अराजक अभिव्यक्तिका कारण भिडियो भाइरल बनेको हो ।
भिडियोमा पूर्वाधारमन्त्री लम्सालले भनेका छन्, “यहाँको जो यो पोलवाल हो नि बिजुलीको पोल, त्यो कन्ट्याक्टर (ठेकेदार) कहाँ छ खोजेर ल्याउनु । तेस्लाई पनि यहीँ राख्नु । घर पठाउने होइन । त्यसले काम गरेन भने खुट्टा भाँचिदिनू । मतलब भएन । उनीहरूले चाँडोभन्दा चाँडो पोल सार्नुपर्यो । यहाँको पब्लिकले धेरै दुःख पायो ।”
यो भिडयो जेठ ३१ गतेको हो । पूर्वाधारमन्त्री लम्साल आइतबार नौबिसे–मलेखु सडकखण्डको अनुगमनमा गएका थिए । सडकमा रहेको बिजुलीको पोल नसारेको पाएपछि उनले सम्बन्धित ठेकेदारको ‘खुट्टा भाँचिदिनू’ भनेका थिए ।