सोसल मिडिया
युनिकोड
२०२६ जुन ११ देखि सुरु हुने विश्वकप फुटबल हेर्न अमेरिका जान झोली तुम्ली बोकेर विमानस्थल पुगेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई दुई तिहाई नजिकको शक्तिशाली सरकारले घरै फर्काई दिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई अध्यागमन कार्यालयले फर्काइ दिएको हो। माथिको आदेशमा एन्फा पदाधिकारीलाई पठाएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।
आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नेम्वाङ राईसहितका एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको छ। सोही बमोजिम उनीहरूलाई फ़र्काईएको हो। आर्थिक अनियमिततासम्बन्धी छानबिनका कारण उनीहरू कालोसूचीमा रहेको बताइएको छ ।