विपक्षीको अवरोध झेल्दै आएको प्रतिनिधि सभाको बैठकमा आज के-के हुँदैछ कर्मकाण्ड ?

मंगलबार, जेठ २६, २०८३

प्रतिनिधि सभाको बैठक आज पनि बस्ने कार्यसूची छ। 

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिलाई लिएर पटकपटक अवरुद्ध हुँदै आएको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ। 

यही जेठ १९ गतेपछि हिजो (सोमबार)का लागि आह्वान गएको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित गरिएको थियो। 

सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदले आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहले सीमाको विषयमा दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्। 

यही जेठ १७ गते प्रतिनिधि सभामा सांसदसँगको प्रश्नोत्तर कार्यक्रमका क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर विपक्षी दलले संसद् बैठक अवरुद्ध गर्दै आएका छन्। 

विपक्षीले विरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले सोमबार दिउँसो १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका थिए। त्यसपछि बैठक बस्ने सकेन। Screenshot_2026-06-09_090211_ZrJ2UtFXNn-1780976616.png

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  ०९:२९
प्रतिक्रिया दिनुहोस्