अर्थमन्त्री वाग्लेको काम हालसम्मकै नौलो, ज्ञानेन्द्रले उनैलाई उठाए चोर औंलो

सोमबार, जेठ २५, २०८३

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग राखेका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले करको दर हेरफेरबारे समिति गठनको माग गरेका हुन् ।  “बजेटबन्दा करका दर हेरफेर तथा दर कति हुन्छन् भन्ने अर्थमन्त्रीबाहेक कसैलाई थाहा हुँदैन,” उनले भने । 

उनले करका दर हेरफेर हुन लागेको सूचना लिक गरिएको भन्दै आपत्ति जनाए । “अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ । यो राजद्रोह हो,” उनले भने । विपक्षी दलले बिरोध गरेपछि सभामुखले मंगलबारसम्मका लागि बैठक स्थगित गरेका छन्। 

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  १४:५१
प्रतिक्रिया दिनुहोस्