विपक्षीलाई डाकेर रविले सिंहदरबारमा सुनाए भारतको भ्रमणीय पुराण

सोमबार, जेठ २५, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा भारत भ्रमणको जानकारी गराएका छन्। 

नयाँ निर्वाचनपश्चात पहिलोपटक बसेको बैठकमा लामिछानेले आफ्नो भारत भ्रमणकाबारेमा जानकारी गराएको र सरकारले गरेका कामप्रतिको स‍ुझाव दिन आग्रह गरेको र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। 

उनले दलबीच संवाद हुनु सकरात्मक भएको र भारत भ्रमण जानु अगाडि राखेको भए उत्तम हुने सुझाव दिएको जानकारी दिए। संसदमा गणतीय हिसाबमा विपक्षी दल कमजोर रहेपनि शक्ति पृथकीकरण भत्काउने काम नहोस् भन्ने सुझाव दिएको बताए। उनले देश जित्नेको मात्र नभई हार्नेको पनि भएको जानकारी गराएको बताए । उनले सरकारले गर्ने गलत क्रियाकलापको सिकार देशले व्यहोर्नुपर्ने भएकाले अपरिपक्क क्रियाकलाप नगर्न चेतावनी दिएको बताए।

उनले वैदेशिक सम्बन्ध, कुटनीतिक विषय र सीमाका विषयमा सरकारलाई संवेदनशील बन्न आग्रह गरेको बताए। उनले  लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेकाले सरकारले विगतका बोझ बुझ्दिन भन्दा गलत सन्देश जाने सुझाव दिएको उल्लेख गरे।

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  ११:३३
प्रतिक्रिया दिनुहोस्