सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ चयन भएका छन्। गए राति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट उहाँ सर्वसम्मतिमा चयन भएका हुन्।
पार्टी उपसभापतिमा मानबहादुर तामाङ, सचिवमा लीलाप्रसाद पौडेल र सहसचिवमा गोपाल गुरागाईं चुनिएका छन्। अधिवेशनले सात जना सदस्य पनि सर्वसम्मतिमा चुनेको छ। उनीहरू कमल लेछर्वो, छत्रबहादुर विश्वकर्मा, सुशीला कार्की भोटिया, शान्ति सिवा, हर्कराज गुरुङ, नवीन अधिकारी र राजेन्द्रकुमार थापा रहेका छन् ।
नवनिर्वाचित नेतृत्वले जिल्लामा संगठन विस्तार, सुदृढीकरण तथा सुशासनका एजेण्डालाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधिसभा सदस्य मिंग्मा शेर्पाले शनिबार अपराह्न अधिवेशन उद्घाटन गरेका थिए।