अहिलेको अराजकतन्त्र पनि धेरै समय नटिक्ने ओलीले गरे ठोकुवा 

बुधबार, जेठ २०, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अराजकतन्त्र पनि धेरै समय नटिक्ने बताएका छन् ।

नेपालमा राणा शासन र राजतन्त्रसहित अनेकतन्त्र ढलेको दृष्टान्त पेस गर्दै ओलीले अराजकतन्त्र पनि केही दिनको पाहुना रहेको बताए । 

पार्टीको केन्द्रीय संगठन विभागको आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालामा ओलीले समय सधैँ एकनास नरहने भन्दै धेरै नहाैसिन चेतावनी दिए । 

उनले लामो समयको तयारीपछि भदाै २३ र २४ गते विध्वंस मच्चाइएको जिकिर गरे ।     

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  १२:४८
प्रतिक्रिया दिनुहोस्