भाईरल भएपछि माननीय बनेकी रास्वपा सांसद आशिकाले बालेनलाई आच्छु-आच्छु पार्ने 

सोमबार, जेठ १८, २०८३

‘नेपालले भारतको जमिन मिचेको’ विषयमा सत्तारुढ दलकै सांसदले प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रमाण मागेका छन् ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले प्रधानमन्त्री शाहलाई नेपालले भारतको जमिन मिचेको तथ्य सार्वजनिक गर्न माग गरेकी हुन् ।

‘प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु,’ तामाङले फेसबुकमा लेखेकी छन्, ‘किनकि, सधैँभरि मलगायत हामी नेपालीले भारतले मात्र अतिक्रमण गरेको हिजोसम्म तथ्य थाहा थियो, तर आजबाट हामीले बुझ्नुपर्ने दिन आएको छ कि हामीले पनि छिमेकी देशमाथि अतिक्रमण गरेका रहेछौँ ! जुन कुरा हजुरबाट पुष्टि हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १२:१०
प्रतिक्रिया दिनुहोस्