सोसल मिडिया
युनिकोड
प्रतिनिधि सभाको बैठकअघि आज विपक्षी दलहरूले संयुक्त बैठक बोलाएका छन्। प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने विषयमा साझा धारणा तय गर्न विपक्षी दलहरूको बैठक बस्न लागेको हो।
बैठक सोमबार दिउँसो १२ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने श्रम संस्कृति पार्टीका सांसद आरएन राईले जानकारी दिए।
आइतबारको बैठकमा विपक्षी दलहरूको बिरोधका बाबजुध सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली पारित गरेपछि विपक्षी दलहरू रुष्ट छन्।
आज प्रतिनिधिसभाको बैठक पनि बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि छलफल हुने कार्यसूची छ।