सोसल मिडिया
युनिकोड
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् ।
निमोनिया संक्रमण भएपछि प्रचण्डलाई शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
तीन दिनयता उनलाई रुघाखोकी र ज्वरो आएको थियो । प्रचण्डको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताईएको छ ।
अस्वस्थताका कारण प्रचण्ड शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदा संघीय संसद बैठकमा सहभागी भएका थिएनन् ।