सोसल मिडिया
युनिकोड
रास्वपाकी सांसद निशा डागीँले संसद्को नयाँ भवनमा राखिएको कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको भन्दै प्रश्न गरेकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले सभामुख र सांसद् बस्ने कुर्सीबारे प्रश्न गरेकी हुन् । डाँगी झापा-१ बाट निर्वाचित सांसद हुन्। “दुई/तीन दिनपछि हामी नयाँ सदन जादै छौँ । उक्त सदनमा सम्माननीय सभामुख र हामी सांसद बस्ने कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो ?,” उनले सोधिन् ।
उनले महालेखाले स्वदेशी काठको प्रयोग नहुँदा अर्बौं बाहिरिएको औंल्याएको बताइन् । काठमा परनिर्भरता बन्द गर्न उनको माग छ । “परनिर्भरता बन्द गर्नैपर्छ । सुरुआत यही संसद् भवन र सिंहदरबारबाट गरौँ,” उनको माग छ ।
देशमै उत्पादन भएको काठबाट उत्पादन भएको फर्निचर प्रयोग गर्नुपर्ने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिइन् ।