सोसल मिडिया
युनिकोड
लामो राजनीतिक रस्साकस्सीपछि मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मन्त्रालय बाँडफाँटमा देखिएको विवादका कारण दुई दिनदेखि रोकिएको मन्त्रिपरिषद् विस्तार अन्तत: सत्ता गठबन्धनबीच भएको १५ बुँदे सहमतिपछि टुंगिएको हो ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच भएको सहमतिअनुसार मुख्यमन्त्री कृष्ण यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र कर्णले मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषद् अन्तर्गत पाँच जना मन्त्री नियुक्त भएका छन् ।
प्रदेश प्रमुखले नेकपाका युवराज भट्टराई, एमालेबाट मोहम्मद समिर, शारदादेवी थापा, लखनदास र मनोज सिंहलाई नियुक्त गरेका हुन् ।
अर्थ मन्त्रालयको जिम्मेवारी युवराज भट्टराईलाई दिइएको छ । लखनदास तत्मालाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
शारदादेवी थापालाई श्रम तथा यातायात, मनोज कुमार सिंहलाई श्रम तथा संस्कृति मन्त्रालय र नागेन्द्र शाहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै, नेपाली कांग्रेसबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका जंगीलाल राई यादवलाई हटाएर नरेन्द्र शाहलाई स्वास्थ्य मन्त्री नियुक्त गरिएको छ । नवनियुक्त मन्त्रीहरूले आज साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।