सोसल मिडिया
युनिकोड
सभामुख डोलप्रसाद अर्यालले हर्कराज साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदलाई संसदको मर्यादा पालना गर्न चेतावनी दिएका छन्।
बुधबारको संसद् बैठक शुरु हुनेवित्तिकै उठेर पर्चासहित विरोध जनाएपछि सभामुख अर्यालले राईलगायत उनका सांसदलाई संसद्को नियमाली सम्झाउँदै यस्तो चेतावनी दिएका हुन्।
सभामुख अर्यालले बस्न अनुरोध गरे पनि साम्पाङसहितका सांसदले पालैपालो पर्चा पढ्दै संसद्को सर्वोच्चता कायम राख्न र सरकार संसद्प्रति उत्तरदायी बन्नु पर्ने भन्दै विरोध गरेका थिए।
त्यसपछि सभामुख अर्यालले चेतावनीसहति संसद्को मर्यादा कायम राख्न भनेका हुन्।
‘माननीय सदस्य हर्कराज राईसहित श्रम संस्कृति पार्टीका माननीयहरुले नियमित रूपमा संसदको मर्यादाविपरीत संसद्मा प्लेकार्ड देखाउने, अभद्र व्यवहार गर्ने गरिरहेकाले म माननीय सदस्यहरूलाई प्रतिनिधिसभा नियमवाली २०७९ को नियम ३० बमोजिम आफ्ना क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिन्छु’, अर्यालले भने।
त्यसपछि पनि अर्यालले साम्पाङलाई बोल्नको लागि समय दिएका थिए।