पाथीभरा केबुलकारको काम रोकिएपछि एमालेका माननीयको कुँडियो चित्त

मंगलबार, जेठ ५, २०८३

ताप्लेजुङबाट निर्वाचित सांसद क्षितिज थेबेले ‘बन्दै गरेको केबलकारको काम किन रोकियो ?’ भन्दै सरकारसँग प्रश्न गरेका छन् । चर्चित धार्मिक पर्यटकीयस्थल पाथीभरा मन्दिर जाने निर्माणाधीन केबलकार मौखिक आदेशपछि बन्द भएको उनको भनाइ छ ।

थेबेले निर्माणाधीन अवस्थाको काम किन रोकियो र यसको आधिकारिकता के हो भन्दै सरकारसँग जवाफ माग गरेका हुन् । ‘संवेदनशील विषयमा सरकार मौन बस्न मिल्दैन । सरकारको स्पष्ट धारणा के हो ?’ उनले प्रश्न गरेका छन् ‘स्थानीय समुदाय, धार्मिक आस्था, सांस्कृतिक सम्पदा र विकासबीच सन्तुलन कायम राख्न सरकारको ठोस कार्य योजना के हो ?’

उनले अफवाह नभई आधिकारिक जानकारी चाहिएको बताएका छन् ।

‘स्पष्ट मौखिक आदेश होइन, सरकारी स्पष्ट धारणा चाहिएको छ’, थेबेले भने, ‘सबै पक्षबीच विश्वासको वातावरण बनाइयोस् भनी सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १२:२७
प्रतिक्रिया दिनुहोस्