सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन्।
प्रतिनिधि सभाको बैठकको कार्यसूची अनुसार प्रधानमन्त्रीले उक्त सम्बोधनमाथि सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको स्पष्टीकरण दिने तय भएको हो।
यसअघि राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सदनमा दफावार छलफल जारी रहेको छ।
छलफल सकिएपछि प्रधानमन्त्रीको जवाफ र संशोधनहरूमाथि निर्णयार्थ प्रक्रिया अगाडि बढ्नेछ।
आजको बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत गर्ने तथा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम समेत रहेको छ।
हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै विपक्षीहरूले संसद बैठक अवरुद्ध गरेका थिए।