चीनमा अमेरिकाका राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सीबीच भेटवार्ता

बिहीबार, वैशाख ३१, २०८३

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेइजिङको ग्रेट हल अफ द पिपलमा चीनका राष्ट्रपति सी चिनफङसँग भेटवार्ता गरेका छन्।ट्रम्पलाई स्वागत गर्न सी आफैँ आएका थिए। अनि दुई नेताले हात मिलाए र ट्रम्पलाई गार्ड अफ अनर प्रदान गरियो।

दुई नेताबिच भेटवार्ता सुरु भएको छ। यो भेट अमेरिका र चिनबिचको सम्बन्ध, व्यापार र प्रविधिमा जारी तनावमा विश्वको ध्यान केन्द्रित  भएका बेला भएको हो। 

भ्रमणको सबैभन्दा ठूलो चर्चाको विषय बोइङ विमान सम्झौता हो। मिडिया रिपोर्टहरूले चीनले अमेरिकी कम्पनी बोइङसँग लगभग ९ लाख करोडको विमान खरिदका लागि सम्झौता गर्न सक्ने अनुमान गरेका छन्। 

यदि उक्त सम्झौता भयो भने यो विश्वको सबैभन्दा ठुलो उड्डयन सम्झौतामध्ये एक हुनेछ। व्यापार, शुल्क, अर्धचालक, कृत्रिम बुद्धिमत्ता (एआई) र ताइवानजस्ता मुद्दामा पनि बैठकमा छलफल गरिनेछ।

हालैका वर्षहरूमा दुई देशबिचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ, यसैले यो भेटवार्ता अत्यन्तै महत्त्वपूर्ण मानिएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  ०९:००
प्रतिक्रिया दिनुहोस्