प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्रको खोजी, कांग्रेसलाई तुरुन्तै चाहियो 

बुधबार, वैशाख ३०, २०८३

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको खोजी भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको खोजी गरेका हुन् । 

“आज पनि अवस्था उस्तै छ । मैले प्रधानमन्त्री देखेको छैन । नीति तथा कार्यक्रममा देखिएको प्रश्नको जवाफ दिने कार्यसूची देखेका छौँ । प्रधानमन्त्रीलाई सदनमा हामीले देख्न सकेनौँ,” उनले भने । 

राईले सभामुखले सदनको इज्जत राख्न सक्नुपर्ने भन्दै रुलिङ गरेर प्रधानमन्त्रलाई बोलाउन माग गरे । “सदनमा प्रधानमन्त्रीलाई देखिएको छैन । सभाको गरिमा बढाउने र इज्जत राख्ने भूमिका सभामुखको हो,” उनले भने, “हजुर हाम्रो नायक हो । तत्काल रुलिङ गरेर प्रधानमन्त्रीलाई सभामा बोलाउन हार्दिक अनुरोध गर्दछु ।”

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १२:२०
प्रतिक्रिया दिनुहोस्