सोसल मिडिया
युनिकोड
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको जवाफ माग गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गरिरहेका बेला प्रधानमन्त्री बालेन शाह बीचैमा उठेर हिँड्नु अशोभनीय भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ माग गरेको हो ।
कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री बाहिरिनु सामान्य विषय नभएको बताउँदै प्रधानमन्त्रीको जवाफ माग गरिन् ।
“हिजो बिरलै देखिने दृष्य देख्यौँ । प्रधानमन्त्री बाहिरिनु सामान्य विषय होइन,” उनले भनिन्, “सरकारबाट स्पष्ट जवाफ दिइयोस् । पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हो । हामी प्रधानमन्त्रीको जवाफ चाहन्छौँ ।”