आफ्नालाई गगनले किस्तीमा केन्द्रीय सदस्य दिएपछि शेखरलाई छलफलको चटारो  

मंगलबार, वैशाख २९, २०८३

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् । माेरङकाे विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा छलफल जारी रहेको छ ।

छलफलमा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी छन् ।

सभापति गगन थापाले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका १९ जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि कोइरालाले आफूनिकट नेताहरूलाई छलफलमा बोलाएका हुन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  ११:०७
प्रतिक्रिया दिनुहोस्