प्रतिनिधिसभाको आजको बैठकमा के-के हुँदैछ कर्मकाण्ड ?

मंगलबार, वैशाख २९, २०८३

प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ ।

छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए।

चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १०:५४
प्रतिक्रिया दिनुहोस्