स्वास्थ्य सेवा विभागका महानिर्देशक ढकालले दिए राजीनामा, किन टिक्दैनन् डिजी ?

सोमबार, वैशाख २८, २०८३

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर ढकालले पदबाट राजीनामा दिएका छन्। असार ४ गतेदेखि अनिवार्य अवकाशमा जान लागेका ढकालले राजीनामा दिएका हुन्। 

ढकालले असार ४ गतेसम्म बिदा लिँदै महानिर्देशक पदबाट राजीनामा दिएको बताएका छन् । उनको अनुपस्थितिमा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. अनुज भट्टचन लाई दिइएको छ।

ढकाललाई कार्तिक ३० गते सो जिम्मेवारी दिईएको थियो। यसअघि विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य तथा पारिवारिक कारण देखाउँदै राजीनामा दिएका थिए । उनको राजीनामापछि ढकाल महानिर्देशक बनेका थिए। 

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १४:०७
प्रतिक्रिया दिनुहोस्