सोसल मिडिया
युनिकोड
सभाामुख डोलप्रसाद (डीपी) अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
शुक्रबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाएको सभामुखको सचिवालयले जनाएको छ । संसद् बैठक वैशाख २८ गते दिउँसो २ बजे बस्दै छ । सोही दिन अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने तय भएको छ ।
बैठक सञ्चालनको तयारीबारे छलफलका लागि कार्यव्यवस्था समितिको बैठक बस्न लागेको हो ।