सोसल मिडिया
युनिकोड
पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका दाहिना पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कार्कीविरुद्ध विशेष अदालतमा पोखरा विमानस्थल निर्माणका क्रममा भएको अनियमितता प्रकरणमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध ३ अर्ब भन्दा बढी विगो मागदाबी गरिएको छ । कार्की संचार मन्त्री हुँदै अर्थमन्त्री समेत भईसकेका नेता हुन् । भोजपुरमा जन्मिएका उनी गत निर्वाचनमा सुनसरीमा पराजित भएका थिए ।