कांग्रेस संसदीय दलका नेताले डाके बैठक 

बुधबार, वैशाख २३, २०८३

नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दैछ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबारका लागि दलको बैठक बोलाएका छन् ।

बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३  ०९:५८
प्रतिक्रिया दिनुहोस्