एमालेका बिरामी अध्यक्ष ओलीले आफू जन्मिएकै गतेको अंक मिलाएर सांसदलाई अर्ति दिने 

बुधबार, वैशाख २३, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशका आफ्ना सांसदहरूसँग छलफल गर्दैछन् ।
अध्यक्ष ओलीले सुदूरपश्चिमका ११ सांसदहरूसँग आज ११ बजे गुण्डुमा गहन छलफल गर्न लागेका हुन् । फागुन ११ गते जन्मिएका ओलीले उही संख्या र समय मिलाएर अर्ति उपदेश दिने भएका हुन्। 

प्रदेशका केही सांसदहरूले संसदीय दलको नेता परिवर्तनको विषय लिएर केही समयअघि अध्यक्ष ओलीलाई भेटेका थिए । ओलीले त्यस विषयमा सामूहिक छलफलपछि मात्रै अगाडि बढ्नुपर्ने सङ्केत दिएका थिए । आज सोही विषयमा छलफल हुने एमालेका एक सांसदले जानकारी दिए ।

ओलीले आवश्यक ठानेको अवस्थामा दलको नेता फेर्न सक्नेछन्, तर त्यसपछि कसलाई बनाउने भन्ने विषयमा भने सबै सांसदहरू एकमत छैनन् । उपनेता रहेकी सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल, सुरेन्द्र पाल दलको नेताको दौडमा छन् ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३  ०९:५३
प्रतिक्रिया दिनुहोस्