राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षसहित ४४ जना पदाधिकारी पदमुक्त 

मंगलबार, वैशाख २२, २०८३

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षसहित ४४ जना पदाधिकारी पदमुक्त भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले मंगलबार सूचना जारी गर्दै उनीहरूको पदमुक्ति भएको जनाएको हो।

मन्त्रालयका अनुसार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा (२) को उपदफा (१) बमोजिम मन्त्रिपरिषद्बाट नियुक्त भएका पदाधिकारी स्वतः पदमुक्त भएका हुन्।

यस निर्णयसँगै खेलकुद परिषद्को नेतृत्व संरचनामा ठूलो परिवर्तन आएको छ।

पदमुक्त भएकाको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १६:३२
प्रतिक्रिया दिनुहोस्