वैशाख २४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय, तर कहाँ ?

मंगलबार, वैशाख २२, २०८३

बागमती प्रदेश सरकारले आगामी बिहीबार अर्थात २४ वैशाखमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । प्रदेश सरकारले भाषा दिवसको अवसरमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाे हो ।

गत २३ चैतमा प्रकाशित सूचना बमोजिम प्रदेशकाे सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा आगामी बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

बागमती सरकारले २४ वैशाख २०८० मा प्रदेश सरकारी काम काजको भाषा सम्बन्धी ऐन कार्यान्वयन गर्दै उक्त दिनलाई भाषा दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १६:१९
प्रतिक्रिया दिनुहोस्