सोसल मिडिया
युनिकोड
नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित भएका छन् । संघको ३०औँ कार्यकारिणी समिति चयनका लागि सम्पन्न निर्वाचनबाट डा. रिजाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
रिजालले ३१९६ मत ल्याएर विजयी भए । उनले प्रतिस्पर्धी डा.मंगल रावलभन्दा २५६ बढी मत प्राप्त गरे । डा. रावलले २९४० मत पाए । संघकाे वरिष्ठ उपाध्यक्षमा डा. सञ्जिव तिवारी विजयी भएका छन् । उनले ३०३६ मत पाए । उनका प्रतिस्पर्धी डा.कीर्तिपाल सुवेदीले २३०२ मत ल्याए ।
महासचिवमा निर्वाचित डा. विश्वराज दवाडीले २ हजार ७२२ मत ल्याए । यस्तै, उपाध्यक्षमा डा.रोशन खड्का(कोशी), डा.अमृत राजन मिश्र(मधेश), डा.सुवास भट्टराई(बागमती), डा.योगेशराज सिग्देल(गण्डकी), डा.नन्दा गुरुङ(लुम्बिनी), डा.रविन खड्का(कर्णाली) र डा.प्रमोद जोशी(सुदूरपश्चिम) विजयी भएका छन् ।
संघको सचिवमा डा. हुलास अग्रवाल र कोषाध्यक्षमा डा. तेजुसिंह मल्ल विजयी भएका छन् । सदस्य पदमा डा. अमित झा, डा. राकेश साह, डा. पल्पसा श्रेष्ठ, डा. विना श्रेष्ठ, डा. सुमित काफ्ले र डा. शेषराज घिमिरे निर्वाचित भएका छन् ।
संघको नयाँ नेतृत्व चयनका लागि काठमाडौं उपत्यकाबाहिर ४ र ५ वैशाख तथा काठमाडौं उपत्यकामा १७ र १८ वैशाखमा निर्वाचन भएको थियो । निर्वाचनमा सबै गरी ७ हजार १ सय मत खसेको थियो ।