सोसल मिडिया
युनिकोड
सरकारले पेट्रोलियम पदार्थलगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इण्डियन आयल कर्पोरेशन (आईओसी)ले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थलगायतका इन्धनहरूको मूल्य घटाउन सकिने अवस्था नरहेको बताएका हुन्।
मंगलबार संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले सरकारले बाध्य भएर मूल्य बढाउनुपर्ने अवस्था रहेको उल्लेख गरे।
आम उपभोक्ताहरूले मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई दबाब दिइरहेका छन्। तर सचिव राउतले अहिले पनि खाना पकाउने ग्यास, पेट्रोललगायतका वस्तुहरुमा सरकारले घाटामा व्यापार गरिरहेको दाबी गरे।
सरकारले हाल नेपाल आयल निगमका कर्मचारीहरूलाई बोनस लिने काम नगरेको पनि स्पष्टिकरण दिएको छ। सचिव राउतले निगम मुनाफामा नभएकाले त्यहाँका कर्मचारीहरुले बोनस खाने अवस्था नरहेको बताए।