सोसल मिडिया
युनिकोड
एमालेका तर्फबाट सभामुख भएका पूर्व सभामुख देवराज घिमिरेले नियुक्त गरेका प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई हुत्याउन अहिलेका सभामुख डोलप्रसाद अर्यालले प्रक्रिया सुरू गरेका छन्।
हटाउने प्रक्रिया अनुरुप उनलाई अर्यालले स्पष्टीकरण सोधेका छन्। सचिव राईलाई हटाएपछि उनको ठाउँमा नयाँ नियुक्तिका लागि सिफारिस गर्न बाटो खुल्नेछ। तत्कालिन सभामुख घिमिरेले राईलाई नियुक्त गर्न सिफारिश गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई २०८१ पुस १६ गते मंगलबार सचिव नियुक्त गरेका थिए ।
प्रतिनिधिसभाका सभामुखले सचिवको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र राष्ट्रपतिबाट नियुक्त गर्ने नियम छ। झापाको शिवसताक्षी नगरपालिका–२ का राई लामो समय शिक्षण पेसामा आबद्ध थिए। प्रतिनिधिसभाको सचिव नियुक्त हुनु अघि राई तत्कालिन भौतिक मन्त्री देवेन्द्र दाहालको पिए भएर काम गरेका थिए।