उड्डयन प्राधिकरणको महानिर्देशकका लागि २१ जनाको आवेदन, कसरी हुन्छ छनौट ?

सोमबार, वैशाख २१, २०८३

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणको महानिर्देशक पदका लागि सात दिनको समय दिएर गत शनिबार आवेदन मागेको थियो। 

प्राधिकरणको महानिर्देशकका लागि प्राधिकरणमै कार्यरत वा सरकारी सेवामा रहेका कर्मचारीले आवेदन दिन पाउने कानूनी व्यवस्था छ। 

यसअघिका महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार अभियोगमा पक्राउ परेपछि क्यानको महानिर्देशक पद खाली छ। सोमबारसम्ममा महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले जानकारी दिएको छ। 

त्यसैगरी, नेपाल वायुसेवा निगमको ५ जना सञ्चालक समिति सदस्यका लागि २७ जनाको आवेदन परेको छ।

यसअघि मन्त्रालयले चार जना सञ्चालको लागि आवेदन मागेको थियो। तर, सरकारले जारी गरेको अध्यादेशबाट निगममा रहेका अर्का एक जना सञ्चालको पनि पद गएपछि मन्त्रालयले सूचना प्रकाशन गरेर पाँच जना सञ्चालकको नियुक्ति हुने बताएको छ। 

क्यान महानिर्देशकका लागि आवेदन खुलाउँदै मन्त्रीले भने: दलको झोला बोकेर नियुक्ति खाने दिन गए। 

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  १९:४९
प्रतिक्रिया दिनुहोस्