थुनामा राखिएका व्यवसायी दीपकलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

सोमबार, वैशाख २१, २०८३

थुनामा राखिएका व्यवसायी दीपक भट्टलाई लिखित जवाफसहित २४ घण्टाभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश भएको छ । 

सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सोमबार (वैशाख २१) ललितपुर प्रहरी र सम्पत्ति शुद्धीकरण विभागका नाममा उक्त  आदेश दिएको हो ।

भट्टलाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरी सीआईबीको हिरासतमा राखिएको थियो । भट्टको रिहाइको माग गर्दै उनकी पत्नी आयुष्मा नेपालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दिएकी हुन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  १८:१६
प्रतिक्रिया दिनुहोस्