वालेन्द्र सरकारका विरुद्ध ट्रेड यूनियन कांग्रेसले गर्यो चर्को विरोध

सोमबार, वैशाख २१, २०८३

सरकारले अध्यादेश मार्फत निजामती ट्रेड यूनियन खारेज गरेपछि नेपाल ट्रेड यूनियन कांग्रेसले आपत्ति जनाएको छ । नेपालको संविधान २०७२, श्रम ऐन २०७४ र अन्तराष्ट्रिय श्रम मापदण्डको धज्जी उडाएर खारेज गरिएको उक्त व्यवस्था तत्काल जस्ताको त्यस्तै राख्न उसले माग गरेको छ ।

सोमबार पत्रकार सम्मेलन मार्फत सरकारको निजामती ट्रेड यूनियन खारेज गर्ने निर्णय विरुद्ध खरो उत्रिएको ट्रेड यूनियन कांग्रेसले श्रमिकलाई रासनकार्डको व्यवस्था गर्न समेत माग गरेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  १३:४६
प्रतिक्रिया दिनुहोस्