सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बिहान ११ बजेपछि बैठक शुरू भएको हो ।
बैठकमा मन्त्रालयका नियमित एजेन्डामा छलफल हुनेछ । साथै, प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरिएकामध्ये एक अध्यादेश फिर्ता भएको सम्बन्धमा पनि छलफल हुन सक्ने स्रोतले बतायो ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार फिर्ता गरिदिएका थिए । आजको क्याबिनेटले मन्त्रालयको संख्या घटाउने निर्णय पनि गर्नेछ।