सभामुखले भएभरका प्रमुख सचेतक र सचेतकलाई किन डाके ?

सोमबार, वैशाख २१, २०८३

सङ्घीय संसद् प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् ।

सभामुख अर्यालकी प्रमुख स्वकीय सचिव मुना कुँवरका अनुसार सोमबार मध्यान्ह १२ बजे सिंहदरबारमा बैठक आह्वान गरिएको हो ।

सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक सचेतकहरूसँग समसामयिक विषयमा छलफल गर्न सभामुख अर्यालले बैठक आह्वान गरेका हुन् । उता, यतिबेलै प्रधानमन्त्री कार्यालयमा धमाधम क्याबिनेट बैठक चल्दैछ। 

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  ११:२७
प्रतिक्रिया दिनुहोस्