आइजीपी नियुक्त भएको सात दिनपछि नारायणको कुममा लगाईयो फूली 

सोमबार, वैशाख २१, २०८३

गृहसचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

गृह मन्त्रालयमा आज आयोजित विशेष कार्यक्रममा सचिव श्रेष्ठले महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

यही १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । तत्कालीन महानिरीक्षक राजु अर्यालले यही १८ वैशाखदेखि अवकास पाएका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  ११:२१
प्रतिक्रिया दिनुहोस्