प्रधानमन्त्री वालेन्द्रले डाके मन्त्रिपरिषद बैठक, के-के गर्दैछन् निर्णय ?

सोमबार, वैशाख २१, २०८३

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद बैठक बोलाएका छन्।

सोमबार बिहान साढे १० बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।  

हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ। 

आजको मन्त्रिपरिषद् बैठकमा मन्त्रालय मर्ज र खारेजका सम्बन्धमा छलफल हुने सम्भावना छ। सरकारले केही मन्त्रालय खारेज गर्ने र केहीलाई गाभेर मन्त्रालयको नयाँ नाम कायम गर्ने तयारी गरिरहेको छ। 

आजको बैठकमा सरकारको सयबुँदे कार्ययोजना सम्बन्धमा छलफल हुने बताइएको छ। 

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  ०९:२०
प्रतिक्रिया दिनुहोस्