सात तल्ले घरको चार ताला चिथोरेर डोजर बाटो लाग्यो 

आइतबार, वैशाख २०, २०८३

उपत्यकाका खोला किनारका अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत आज एक सात तल्ले पक्की घरमा डोजर चलाइएको छ।

खोलाको मापदण्ड मिचेर निर्माण गरिएको भनिएको उक्त घरको माथिल्लो भागबाट भत्काउन सुरु गरिएको थियो। दिनभरको प्रयासपछि डोजरले घरको चार तल्लासम्मको भाग पूर्ण रूपमा भत्काएर फर्किएको छ।

स्थानीय प्रशासन र नगर प्रहरीको टोलीसहित पुगेको डोजरले बिहानैदेखि संरचना भत्काउन सुरु गरेको थियो।
 

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  १५:२३
प्रतिक्रिया दिनुहोस्