अनामनगरको साततले घरमा चल्यो डोजर

आइतबार, वैशाख २०, २०८३

सरकारले अनामनगरमा रहेको साततले घरमा डोजर चलाएको छ । अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउने क्रममा सरकारले सो घरमा पनि डोजर चलाएको हो ।

शनिबार पनि उक्त क्षेत्रमा डोजर चलाएर सरकारले त्यस्ता संरचनाहरू भत्काएको थियो । आइतबार पनि डोजर चलाइने भएपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहानैदेखि प्रहरी परिचालन गरिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, नापीका अधिकारीहरू फिल्डमा खटाएको बताए । सोही अनुसार साततले भवनमा डोजर चलाइएको उनले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  १२:०५
प्रतिक्रिया दिनुहोस्