सुकुम्वासीलाई सरकारले युद्ध अपराधीजस्तो व्यवहार गरेको गगनको आरोप 

शुक्रबार, वैशाख १८, २०८३

नेपाली कांग्रेसका सभापति गगन थापाले सुकुम्वासीलाई सरकारले युद्ध अपराधीजस्तो व्यवहार गरेको बताएका छन्। नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै वास्तविक सुकुम्वासीको पहिचान नै नगरी डोजर लगाएकोप्रति आपत्ति जनाए।

उनले भने, ‘अहिले काठमाडौंका बस्तीमा डोजर चलिरहेको छ। नदिकिनारमा बसेका केही मान्छेहरू राज्यलाई ढाँट छल गरेर, बाहिर घरजग्गा भएका मानिसहरू पनि छन्। तीनलाई पहिचान गरेर दण्ड दिएर हटाउने व्यवस्था कानुनले नै सरकारलाई जिम्मेवारी दिइएको छ।’

उनले सरकारले कानुनको परिधिभित्र रहेर सुकुम्वासी व्यवस्थापन गर्नुपर्ने बताए।

प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३  १८:३६
प्रतिक्रिया दिनुहोस्