वालेन्द्र सरकारको निर्णयको छर्राले विपक्षी दलहरू एक ठाउँमा उभ्यायो

बिहीबार, वैशाख १७, २०८३

सरकारको पछिल्लो कदमलाई लिएर विपक्षी दलहरू एक ठाउँमा उभिएका छन् । संसद् छलेर अध्यादेश ल्याएको, देशभरका सुकुम्वासी बस्तीमा डोजर चलाएको र महंगी अत्यधिक बढेको भन्दै विपक्षीले आज बिहीबार पनि छलफल गर्दै छन् । 

विपक्षी दलहरूको हिजो (वैशाख १६) बसेको बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका थिए । उनीहरूले राष्ट्रपतिलाई अध्यादेश जारी नगर्न सुझाव समेत दिएका थिए । 

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बैठक सुरु भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए । श्रम संस्कृति पार्टी आजको बैठकमा पनि सहभागी छैन ।

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  १२:१२
प्रतिक्रिया दिनुहोस्