बालेन लुम्बिनी जाने दिनमै सार्वजनिक जग्गामा बनेका घरटहरामा डोजर चलाईने 

बुधबार, वैशाख १६, २०८३

जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनारका अनधिकृत, जोखिमपूर्ण बस्तीहरू तत्काल खाली गर्न सूचना जारी गरेको छ।

वैशाख १८ गते बिहान ७ बजे काठमाडौँका विभिन्न स्थानबाट त्यस्ता बस्ती खाली गर्ने चेतावनी दिँदै प्रशासनले भोलि (१७ गते) भित्र घरटहरा खाली गर्न निर्देशन दिएको हो। सोहि दिन प्रधानमन्त्री वालेन्द्र लुम्बिनी जाँदैछन्। 

बुधबार जारी सूचनामा काठमाडौँ जिल्ला प्रशासनले भनेको छ, ‘काठमाडौँ जिल्ला भित्रका विभिन्न पालिकाहरूका नदी किनाराका वस्ती एवम् सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तबरबाट वर्षौंदेखि बसोबास भै आएका वस्तीहरू मानवीय रुपमा उद्धार गर्न एवम् विपदको जोखिम समेत मध्यनजर गरी खाली गर्ने कार्य काठमाडौँ जिल्ला भरी मिति २०८३ वैशाख १८ गते विहान ७ः०० बजेदेखि एकै पटक विभिन्न स्थानहरुबाट सुरु हुनेछ।’

प्रशासनले २०८३ वैशाख १७ गते साँझसम्म पूर्ण रुपमा घर टहरा खाली गर्न भनेको छ। वास्तविक रुपमा आश्रय लिनुपर्ने व्यक्ति र परिवारलाई नेपाल सरकारले तत्काल व्यवस्थापन गरेको स्थानमा बसोबासको व्यवस्था गर्ने प्रशासनले जनाएको छ।

प्रशासनले कोही कसैको गलत हल्ला, दवाव, प्रभाव वा अफवाहका पछाडी नलाग्नसमेत सूचनामा भनेको छ।677822354_1494373745382682_2233836359440743875_n_4DOUHtchZm-1777472843.jpg

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  २०:१३
प्रतिक्रिया दिनुहोस्