ओलीको दौराको फेर समातेर पटाहा लगाएका दीर्घको जागिर आजैबाट भयो ह्रस्व

बुधबार, वैशाख १६, २०८३

एमाले सत्ताका सदाबहार शक्तिशाली सहसचिव दीर्घराज मैनालीको जागिरे जीवन आजैबाट ह्रस्व हुन पुगेको छ । आजभन्दा ५८ वर्ष अघि पूर्वी नेपालको उर्भर कुमाई गाउँमा जन्मिएका मैनाली उमेरहदका कारण ३२ वर्षे सरकारी सेवावाट बाहिरिएका हुन् ।

मालदार राजस्व अनुसन्धान विभागमा दोहोर्याएर महानिर्देशक भईखाएका मैनाली चाँदी कटुवा कर्मचारीका रुपमा परिचित छन् । उनी आन्तरिक राजस्व विभागको पनि डिजी भईसकेका व्यक्ति हुन् । एमाले अध्यक्ष केपी ओलीको दौराको फेर समातेर शक्ति र सम्पत्ति हत्याएका उनी लामो समय अर्थमन्त्रालयमा खेलोमेलो गर्ने कर्मचारी हुन् ।

विष्णु पौडेलको पछिल्लो अर्थमन्त्रीकालमा भन्सार विभाग जान खुट्टा उचाले पनि उनलाई ठेस लागेको थियो। ओलीले बोक्दा विष्णुको ठोकाईमा परेका उनी सूचना आयोगमा थान्को लागेर त्यतैबाट घर जानुपरेको छ । 

झापाको गिरि बन्धु जग्गा काण्डमा समेत सहजीकरण गरेको आक्षेप लाग्दै आएका मैनाली व्यवसायी दीपक मलहोत्राको गोजीको मान्छे भएको चर्चा समेत चल्ने गरेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १५:२५
प्रतिक्रिया दिनुहोस्