आफूले आफैलाई माननीय करार नगर्न रास्वपाको आफ्ना सांसदलाई उर्दी 

बुधबार, वैशाख १६, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई आफ्नो कुनै पनि कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएको छ । जारी संसदीय दलको बैठकमा रास्वपाले सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन पनि निर्देशन दिएको छ । 

“धेरै कुराहरू सिक्न बाँकी छ, तसर्थ सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सके जति सल्लाह र सुझाव लिन सुझाव दिइएको छ,” पार्टी प्रवक्ता मनिष झाले भने ।  

आगामी निर्वाचनमा उपयुक्त उमेदवार चयन र निर्वाचन पूर्वप्रशिक्षणको लागि वैशाख २० देखि क्यानिडेट क्लबको अभ्यास सुरु हुँदै छ । “कसैले कसैलाई आगामी निर्वाचनको टिकटबारे कुनै प्रतिबद्धता नगर्न निर्देशन दिइएकोे छ,” प्रवक्ता झाले भने, “कतै त्यस्तो गलत अभ्यास भेटिएमा कारबाहीको भागिदार हुनुपर्नेछ ।”
 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १३:२४
प्रतिक्रिया दिनुहोस्