गिरिजाले पत्याएका सिटौलामाथि गगनले गरे कु, सिटौलाको सिफारिशमा गगन मन्त्री 

बुधबार, वैशाख १६, २०८३

नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेता फेरेको छ । कृष्णप्रसाद सिटौलालाई हटाएर कमला पन्तलाई दलको नेता बनाएको हो । 

प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई हटाएर पन्तलाई दल नेता मनोनीत गरेका हुन् । कांग्रेसका दिवंगत पूर्व सभापति गिरिजाप्रसाद कोईरालाले पत्याएर गृहमन्त्री बनाएका सिटौलालाई गगनले कु गरेका हुन्। विगतमा सिटौला प्यानलबाट कांग्रेसको महामन्त्री हारेका गगन उनै सिटौलाको सिफारिशमा स्वास्थ्य मन्त्री बनेका थिए। 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १३:१९
प्रतिक्रिया दिनुहोस्