दलको नेताको कुर्सी खाली राखेरै रविको उपस्थितिमा रास्वपा दलको बैठक

बुधबार, वैशाख १६, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बसिरहेकाे छ । बैठकमा पार्टी संसदीय दलका नेता बालेन्द्र (बालेन) शाह भने सहभागी छैनन् । यसअघिको दलको बैठकमा पनि बालेन उपस्थित थिएनन् । 

आजको बैठकमा पार्टी सभापति रवि लामिछाने भने सहभागी छन् । रास्वपाले संसदीय दलको आजको बैठकलाई अनौपचारिक भनेको छ । 

बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरूलाई उपस्थितिको लागि अनुरोध गरिएको थियो ।  

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १२:१७
प्रतिक्रिया दिनुहोस्