सोसल मिडिया
युनिकोड
सरकारले बोलाएको संसद अधिवेशन नै सुचारु नगरी रोकेर अध्यादेश ल्याएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदले विरोध गरेका छन्।
रास्वपा सांसद गणेश कार्कीले बुधबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै अध्यादेशको विरोध गरेका हुन्। उनले झन्डै दुई तिहाई ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी नहुने बताएका छन्। ‘झन्डै दुईतिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरूनै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन’, उनले लेखेका छन्।
अध्यादेशको अहिले सरोकारवालाले विरोध गरिरहेका छन्। अध्यादेश संसद नचलिरहेको अवस्थामा अति आवश्यक परे मात्र ल्याउनुपर्ने मान्यता भए पनि दुई तिहाई नजिकको बहुमतको नेतृत्व गरेका रास्वपाका वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार अध्यादेशका लागि राष्ट्रपति कहाँ सिफारिस गरेका छन्।
सांसद कार्कीले यसअघिका सकारले अध्यादेश ल्याउँदा विरोध गर्दै आइरहेका थिए। आफ्नै सरकारले अध्यादेश लिएपछि उनीलक्षित टिप्पणीहरू भइरहेको समयमा उनले अहिलेको सरकारले ल्याएको अध्यादेशको पनि विरोध गरेका हुन्।
यसअघिका सरकारले अध्यादेश ल्याउनका रास्वपा सभापति रवि लामिछानेले पनि सार्वजनिक रुपमा नै विरोध गर्दै आइरहेका थिए। तर यसपटक भने उनी चुपचाप बसिरहेका छन्।
उनले लेखेका सार्वजनिक स्टाटस अहिले भाइरल बनाइएका छन्।