सोसल मिडिया
युनिकोड
श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाह बालेनको राजीनामा मागेको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।
सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएपछि लगातार विरोध गर्दै आएका साम्पाङले राजीनामा मागेका हुन् । उनले भनेका छन्, ‘बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ । न्यूनतम मानवतासमेत देखिएन । संयुक्त राष्ट्रसंघको समेत ध्यानाकर्षण र विरोध आइसक्यो । योभन्दा ठूलो राष्ट्रिय बेइज्यत अर्को छैन हुँदैन ।’